टी-२० महिला क्रिकेट सिरिज: नेपाल र मलेसियाबीचको दोस्रो खेल जारी, नेपाल पहिले फिल्डिङमा
थानकोट ।
नेपाल र मलेसियन महिला क्रिकेट टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेल अहिले भइरहेको छ।
क्वालालाम्पुरस्थित वायुमास ओभलमा खेल नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि सुरु भएको हो ।
५ खेलको शृंखलामा मलेसिया १-० ले अगाडि छ ।
बिहीबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।
त्यसको तयारीका लागि यो शृंखला भइरहेको हो ।
यो खेलमा टस जितेपछि नेपालले पहिले बलिङ गरिरहेको छ ।
तस्बिरः क्यान ।














