थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा सवारीसाधन बन्द, पानीघाटबाट सवारीसाधन फर्काइयो

Thankot Times

थानकोट ।

शुक्रबार रातिबाट निरन्तर वर्षा भइरहेपछि गणेशमान सिंह मार्ग (थानकोट-चन्द्रागिरि-चित्लाङ सडक) मा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार सो सडकको पानीघाट क्षेत्रबाट सवारीसाधन अघि बढ्न रोक लगाइएको हो ।

यद्यपी सो सडकमा पहिरो भने खसेको छैन् ।

पहिरो खस्न सक्ने सम्भावित क्षेत्र भएका कारण सडकमा सवारीसाधन रोकिएको प्रहरीको भनाइ छ ।

अहिले यस क्षेत्रमा वर्षा भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *