टी-२० विश्वकप छनोटअघि नेपालले ओमान र कतारसँग वार्मअप खेल खेल्ने

Thankot Times

थानकोट।

आईसीसी टी-२० विश्वकप छनोटका खेल सुरु हुनुअघि नेपाली क्रिकेट टोलीले ओमानमै दुई अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले ओमान र कतारसँग वार्म अप खेल खेल्ने भएको हो । ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले ओमानसँग शनिबार र कतारसँग सोमबार खेल्नेछ ।

ओमान र नेपालबीचको अभ्यास शनिबार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ । त्यस्तै कतार र नेपालबीचको खेल सोमबार अपरान्ह सवा ४ बजेदेखि सुरु हुनेछ ।

टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *