काठमाडौ महानगरको अनुरोधः जोखिमयुक्त बस्तीमा सावधानी अपनाउनुहोला
थानकोट।
निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएको पनि महानगरले बताएको छ ।
विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ।
अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ’, महानगरले भनेको छ ।
कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको बताइएको छ ।
कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ ।

















