टोखा-खहरे नाकाबाहेक अन्य नाकाबाट एम्बुलेन्स र उद्धार सामग्री बोकेका सवारी मात्र बाहरिन पाउने

Thankot Times

थानकोट ।

काठमाडौँबाट बाहिरिने नाकाहरूबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

टोखा–छहरे भन्दा बाहेक अन्यत्रबाट काठमाडौँ उपत्यका बाहिरिने सवारी सञ्चालनमा रोक लगाइएको हो ।

नागढुंगा, साँगा, फर्पिङ र भट्टेडाँडा लगायतका नाकाबाट उपत्यका बाहिर जाने सवारीलाई पूर्ण रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले बताए ।

नुवाकोटतर्फ जाने नाका टोखा–छहरे सडक अवरुद्ध नभएको हुनाले सुचारु गरिएको छ ।

गए राति देखी परेको अविरल वर्षाको कारण काठमाडौँ बाहिर जाने नाकाबाट एम्बुलेन्स, उद्धार सामग्री बोकेका गाडी र सुरक्षाकर्मी चढेको सवारीलाई मात्र प्रस्थान अनुमति दिएको छ । एसपी सुवेदीले भने, ‘युनिफर्म लगाएका सुरक्षाकर्मी सवार गाडीहरूलाई मात्र उपत्यका बाहिर जान दिएका छौँ ।’

उपत्यका ट्राफिक प्रहरी कार्यालयले एसपी नरेश सुवेदीको नेतृत्वमा उद्धार टिम गठन गरेको छ ।

उपत्यकाभित्र हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न उद्धार टिम गठन गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *