गोसाइँकुण्ड घुम्न गएका भक्तपुरका ४ जना खोलाले बगाउँदा बेपत्ता
थानकोट ।
रसुवाको गोसाइँकुण्ड घुम्न गएका ४ जनालाई खोलाले बगाएको छ ।
भक्तपुरबाट रसुवाको गोसाइँकुण्ड जाँदै गरेका १६ जनाको समूहमध्येका ४ जनालाई गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोलाले बागाएको हो ।
भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको रसुवाका डीएसपी हेम शाहीले जानकारी दिए । प्रहरीका अनुसार १६ मध्ये ८-८ जनाको समूहमा हिँडेको उनीहरूको एउटा समूहबाट ४ जनालाई एक्कासि आएको खोलाको बाढीले बगाएको हो ।
बाढीले बगाएर बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २०-२५ वर्षकी संस्कृति श्रेष्ठ, भक्तपुर नगरपालिका १० का २८-३० वर्षका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।
लगातार वर्षा भइरहेकोले उनीहरूको खोजीका लागि कठिनाइ भइरहेको डीएसपी शाहीले बताए ।

















