सतुङ्गलमा अचेत भेटिएका पुरुषको अस्पतालमा मृत्यु, मृतकको पहिचान हुन बाँकी
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डअन्तर्गत सतुङ्गलमा शनिबार साँझ अचेत भेटिएका एक पुरुषको अस्पतालमा निधन भएको छ ।
प्रहरी प्रभाग बलम्बुका अनुसार शनिबार साँझ करिब ८ः३० बजे सतुङ्गलस्थित बागेश्वरी अस्पताल सडकमा एक जना पुरुष अचेत भेटिएपछि सशस्त्र प्रहरी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई ८ः४० बजे मृत घोषित गरेका थिए ।
हालसम्म उनको पहिचान खुल्न नसकेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

मृतक ती पुरुषको शव पोष्टमर्टनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
प्रहरी प्रभाग बलम्बुले उनको पहिचानमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












