पानीको बहाव बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलियो

Thankot Times

थानकोट ।

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ ।

कोशी नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी  केशवकुमार थेवेले जोखिम हेरेर सबै ढोका खोलिएको बताए ।

सप्तकोशीको पुलमा हलुका सवारी साधनलाई आउजाउ गर्न दिइएको छ । ठूला र हेभी गाडी रोकिएको उनले जानकारी दिए ।

इन्जिनियर र प्राविधिकहरुसँग छलफल गरेर मात्रै पूर्ण आवागमन रोक्ने विषयमा निर्णय हुने उनले बताए । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा कोसीमा बाढी बढेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *