१ साता लामो बिदापछि चन्द्रागिरि नगरपालिका र मातहतका कार्यालय आजबाट खुल्दै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका र मातहतका कार्यालय आजबाटै खुल्ने भएका छन् ।

देशभर माैसम प्रतिकुल भएपछि यसअघि गृह मन्त्रालयले असोज १९ र २० गतेका लागि सार्वजनिक बिदा दिएकोमा आइतबार माैसममा सुधार हुन थालेपछि असोज २० (आज) का लागि घोषित सार्वजनिक बिदा विपद् ननिम्तिएको जिल्लामा फिर्ता लिइएको थियो ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आज सोमबारबाट सबै कार्यालय खोल्न परिपत्र गरेसँगै चन्द्रागिरि नगरपालिका र मातहतका कार्यालयपनि खुल्ने भएका हुन् ।

दशैं बिदाका कारण लगातार ८ दिनपछि कार्यालयमा पुनः चहलपहल हुन लागेको हो ।

असोज १३ गतेबाट दशैं पर्वको सार्वजनिक बिदा दिइएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *