सिन्धुलीका मृगौला रोगी पुरुषलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

Thankot Times

थानकोट ।

अविरल वर्षाका कारण सडक अवरुद्ध भएपछि सुनकोशी गाउँपालिका, सिन्धुलीका एक मृगौला रोगी पुरुषलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

लगातारको वर्षाका कारण बीपी राजमार्ग र मध्य पहाडी लोक मार्गका विभिन्न भागमा पहिरो र बाढीले यातायात पूर्ण रूपमा ठप्प बनेपछि बिरामीलाई स्थलगत रूपमा अस्पताल लैजान समस्या भएसँगै नेपाली सेनाको उद्धार टोलीले आज बिहान हेलिकप्टरमार्फत बिरामीलाई काठमाडौँ ल्याइएको हो।

सेनाले बाढी तथा पहिरोमा फसेका नागरिकहरूलाई उद्धार कार्य जारी राखेको छ ।

तस्बिरः नेपाली सेना


Leave a Reply

Your email address will not be published. Required fields are marked *