नेकपा माओवादी केन्द्र सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र)को  सचिवालय बैठक सोमबार बस्दै छ ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो ।

सोही बैठकले  पूर्वपदाधिकारीलाई सचिवालयमा रूपान्तरण गरेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *