धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

Thankot Times

थानकोट ।

धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।

बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ८ ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।

दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । उनीहरु मध्यमदेखि सामान्य घाइते छन् ।

सख्त घाइते कोही नभएको डीएसपी दाहालले बताए ।

दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ । बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको डीएसपी दाहालले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ