काठमाडौँमा र्‍याली-प्रदर्शनमा रोक

Thankot Times

थानकोट ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आजबाट काठमाडौँमा सबै प्रकारका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनमा रोक लगाएको छ।

विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्‍याली तथा प्रदर्शनहरूमा प्रतिबन्ध लगाइएको हो। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्ति जोगाउन र सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

स्थानीय प्रशासन ऐन २०२८ र प्रहरी ऐन २०१२ अनुसार निर्णय गरिएको जानकारी दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ