ललितपुरमा तास खेलिरहेका ६ जना समातिए
थानकोट ।
ललितपुरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२, पात्लेछापका ३६ वर्षीय रोशन तामाङसहितका व्यक्तिहरू छन् ।
रोशनको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (असोज २४) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ३२ हजार ९६० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।













