करेन्ट लागेर रसुवामा एक जना स्काभेटर चालककाे ज्यान गयो
थानकोट ।
रसुवाको स्याफ्रु–रसुवागढी सडकखण्डमा करेन्ट लागेर शनिबार (असोज २५) एक स्काभेटर चालकको मृत्यु भएको छ ।
करेन्ट लागेर रसुवाको कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए ।
टिमुरे–तातोपानीखण्डको बालुवा खानीनजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालवाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । स्काभेटरको बकेटले प्रवाह भइरहेको विद्युत् प्रसारणलाइनमा छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको रसुवा प्रहरी प्रवक्ता शाहले बताए ।
शव परीक्षणका निम्ति जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
उक्त स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको












