मोटरसाइकल दुर्घटनामा परी घाइते भएका २५ वर्षीय युवाको उपचारका क्रममा ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा ८१ प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सोलुखुम्बु घर भई हाल काठमाडौँको कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको मृत्यु भएको हो।

उनले भने, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *