नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर अन्तिम साता
थानकोट ।
नेकपा (एमाले)को ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।
आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।












