काठमाडौंमा ट्रिपरले ठक्कर दिँदा दिनेशले ज्यान गुमाए
थानकोट ।
काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३२, जडीबुटीस्थित सडकमा गए राति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ का ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज (असोज २७) बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।













