मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका सोनल नियुक्त

थानकोट ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नयाँ नेतृत्वका लागि हिजो दिउँसो ४ बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकेकोमा बिहान कांग्रेस एमालेबाहेकको ६ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरे ।

सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।

संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेश सभामा बहुमत पुर्याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *