कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न: ओली

Thankot Times

थानकोट ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीले निर्णय गरे मात्रै आफूले पद छोड्ने बताएका छन् ।

बुधबार भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे।

आफूले पदबाट हट्नुपर्छ भन्ने कुरा फेसबुकले नभई पार्टी केन्द्रीय कमिटीले भन्ने विषय रहेको बताउँदै ओलीले पार्टी केन्द्रीय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए । ओलीले पार्टी केन्द्रीय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढ्ने बताए ।

अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिए । ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको जिकीर गरे ।

अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याए । ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी पनि दिए ।

आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेको समेत दाबी गर्नु भ्याए। ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध सतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *