प्रहरी वृत्त थानकोटका कार्यरत इन्स्पेक्टर द्वयको सरुवा
थानकोट।
प्रहरी वृत्त थानकोटमा कार्यरत दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकसाथ सरुवा गरिएका छन् ।
वृत्तमा कार्यरत प्रहरी निरीक्षक किरण सापकोटा र माधवप्रसाद चौधरीको सरुवा भएको हो ।
नेपाल प्रहरीको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले मंगलबार ६६५ जना इन्स्पेक्टरहरूको सरुवा तथा काज सरुवा गरेको थियोे । थानकोट वृत्तमा कार्यरत सापकोटा र चौधरी पनि सो सूचीमा परेका हुन् ।
उनीहरूको स्थानमा हेमन्त राई र उमा शंकर प्रसाद शाह थानकोट आउने भएका छन् ।












