राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ ।

सरकारले घोषणा गरे बमोजिम फागुन २१ गतेको चुनावको तयारीमा लागेको आयोगले आज राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।

आयोगले बिहीबार बिहान ११ः३० बजे कार्यालयमा छलफलका लागि विघटित प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएका सबै दलका प्रतिनिधिलाई छलफल र राय परामर्शका लागि बोलाइएको छ ।

आयोगमा १२२ वटा दल दर्ता भएका छन् । आयोगले नयाँ दल दर्ताका लागि आह्वानसमेत गरेको छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने प्रावधान रहेको छ ।

आयोगले दल दर्ता प्रक्रिया र चुनावको वातावरण बनाउन छलफलका लागि दल र दलका प्रनिनिधिलाई बोलाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *