११ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो

Thankot Times

थानकोट ।

सरकारले केपी शर्मा ओलीकाे पालामा राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बाेलाउने निर्णय गरेकाे छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, मलेशिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनले फिर्ता बोलाइएका राजदूतहरू आउँदाे कात्तिक २० गतेसम्म नेपाल फर्किसक्नुपर्ने बताए ।

सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *