नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

आज शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ ।

हिजो बिहीबार प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३ सय ५० रुपैयाँ पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *