मुग्लिन-नारायणगढ सडकखण्डमा शनिबार बिहान भएको सडक दुर्घटनामा २१ जना घाइते, चारको अवस्था गम्भीर
थानकोट ।
मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर रहेको छ ।
शनिबार बिहान करिब साढे ७ बजे यात्रुवहाक बस र ट्रकगरी सातवटा सवारी ठोक्किएका हुन् ।
“मुग्लिङ-नारायणगढ सडकखण्डको गाईघाटमा केही गाडी ठोक्किएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ,” जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले भने ।”
तस्बिर: सामाजिक सञ्जाल












