नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज पत्रकार भेटघाट गर्दै

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् ।

जेन-जी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे ललितपुरको रामबाग महलमा हुने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो।

ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठक समापनमा घुमाउरो तरिकारले विद्या भण्डारीको सदस्यता नवीकरणका लागि सकारात्मक भएको जस्तो संकेत गरेका थिए ।

जसकारण फरक मत राख्ने इतर पक्षका नेताहरूको तयारी रोकिएको थियो ।

फाइल फोटो 


Leave a Reply

Your email address will not be published. Required fields are marked *