गायिका नीतु पौडेलद्वारा आत्मदाह प्रयास, कीर्तिपुरस्थित बर्न अस्पताल उपचार जारी
थानकोट ।
गायिका नीतु पौडेलले आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् ।
शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियोबाहिर उनले आफ्नै जिउमा आगो लगाएकी हुन् ।
उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उनले आत्मदाहको प्रयास गर्नुको कारण भने थाहा नभएको र घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।












