कार्तिक ५ र ६ गते मनकामना केबलकार सेवा बन्द रहने

Thankot Times

थानकोट ।

यस वर्ष तिहारको दुई दिन मनकामना केबलकार सेवा बन्द रहने भएको छ ।

शनिबार एक सूचना जारी मनकामना दर्शन प्रालिले कार्तिक ५ र ६ गते केबलकार सेवा बन्द रहने जनाएको हो ।

कार्तिक ५ गते गोवर्धन पूजा, म्हः पूजा र कार्तिक ६ गते भाई टीका, किजा पूजाका दिन केबलकार सेवा बन्द रहनेछ कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कार्तिक ७ गते शुक्रबारबाट केबलकार सेवा पूर्ववत् सुचारु हुने कम्पनीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *