चन्द्रागिरि सहकारीले विभिन्न संस्थालाई कम्प्युटर सहयोग गर्ने, कार्तिक १७ भित्र आवेदन दिन सकिने
थानकोट ।
थानकोट चेकपोष्टस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले विभिन्न संस्थालाई ११ थान कम्प्युटर सहयोग गर्ने भएको छ ।
आइतबार (कार्तिक २) एक सूचना जारी गर्दै संस्थाले गैर नाफामूलक शिक्षा, स्वास्थ्य, रोजगारी तथा सुरक्षासम्बन्धी कार्य गर्ने संघ संस्थाहरूलाई सो सामाग्री हस्तान्तरण गर्ने जनाएको हो ।
उक्त कम्प्युटर सहयोग प्राप्तिका लागि कार्तिक १७ भित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
सहकारीले उपलब्ध भएका कम्प्युटरका ब्राण्ड तथा विशेषता समेत सार्वजनिक गरेको छ ।
सूचना हेराैंः













