सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो
थानकोट ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पाँच रुपैयाँ घटढेर तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।












