देशभर जुवाखालमा प्रहरीको छापा, चन्द्रागिरिका १ सहित ९२ जना पक्राउ, लाखाैं नगद बरामद
थानकोट ।
प्रहरीले देशका विभिन्न जिल्लामा जुवातासको खालमा छापा मारी ९२ जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट २८ लाख रुपैयाँभन्दा बढी नगद तथा तास र कौडा बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
संखुवासभा, खाँदबारी नगरपालिका-१ बसपार्क बस्ने ५७ वर्षीय जित कुमार राईले संचालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जित कुमार समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९ सय ३५ रूपैयाँ, १६ थान कौडा र ४ बुक तास सहित पक्राउ गरेको हो।
ललितपुर, महालक्ष्मी नगरपालिका-१ रातामकै चोकस्थित चन्द्रागिरि नगरपालिका घर भएका जीवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो।
यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९४ हजार ५ सय रूपैयाँ र १९ बुक तास सहित पक्राउ गरेको हो।
काभ्रे, बनेपा नगरपालिका-१२ बाँसडोलस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ३२ वर्षीय सुमन थापा समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ७ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।
सिन्धुली, गोलन्जोर गाउँपालिका-३ ग्वालटारस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ४८ वर्षीय ढाल बहादुर कार्की समेत २४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८९ हजार १ सय ६१ रूपैयाँ र १ सय ६४ पत्ती तास सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४९ वर्षीय सुरेश शिल्पकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा हिमराज समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १ सय ९५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।
बाँके, कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने ५६ वर्षीय लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी प्रसाद समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८८ हजार ६ सय ३५ रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो।
जुम्ला, चन्दननाथ नगरपालिका-१ स्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सिंजा गाउँपालिका-५ बस्ने ३६ वर्षीय कुष्ण आरसि लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि जुवा ऐन, २०२० अनुसार थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।












