लक्ष्मीपूजामा निर्वाध विद्युत् आपूर्ति, मन्त्री घिसिङ स्यूचाटार प्रेषण केन्द्रकाे निरीक्षणमा

Thankot Times

थानकोट ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको निरीक्षण गरेका छन् ।

ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत विकास विभागका महानिर्देशनक, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशनहरुलगायत सम्मिलित टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।

विगत वर्षमा झैँ यस वर्ष लक्ष्मीपूजाका दिन मुलुकभर विना अवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *