जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
कोसी र कर्णाली प्रदेशका एक/दुई स्थानमा आज वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।












