नगर क्षेत्रका ऐतिहासिक र पुराना तस्बिरहरूको पुस्तक छाप्दै चन्द्रागिरि नगरपालिका
थानकोट ।
चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को बजेट पुस्तिका (रातो किताब) सार्वजनिक भएको छ ।
भदाै दोश्रो साता प्रकाशनको तयारी भएको सो पुस्तिका विविध कारण झण्डै १ महिनापछि मात्रै प्रकाशित भएको हो ।
नगरको वेभसाइटमा समेत सो पुस्तिका उपलब्ध भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
नगरले कूल २ करोड ९३ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ ।
सो रकम विभिन्न २२ वटा शीर्षकबाट पूर्ति गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
नगरले थानकोटस्थित प्राथमिक अस्पतालमा डायलासिस कक्ष सञ्चालनका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले नगर क्षेत्रका सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायतका क्षेत्रको श्रव्यदृश्य सामाग्री निर्माण तथा प्रकाशन प्रसारण, नगर क्षेत्रको समाचार, सूचना जानकारी राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यममा प्रकाशन प्रसारणका लागि विविध उपशीर्षकमा ८१ लाख रुपैयाँ भन्दा धेरै बजेट विनियोजन गरेको छ ।
यस्तै, चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका ऐतिहासिक र पुराना तस्बिरहरू समावेश गरि पुस्तक छाप्न शीर्षक तोकेरै बजेट विनियोजन गरेको छ ।
चन्द्रागिरि नगरमा विभिन्न व्यक्तिहरू तथा संस्थाहरूको प्रयास एवं प्रयत्नमा समयसमयमा पुराना तस्बिरहरूको निःशुल्क प्रदर्शनी हुँदै आएकोमा नगरपालिका कार्यालयले एकीकृत रूपमा पुराना तस्बिरहरूलाई पुस्तकको रुप दिन तत्परता दिएकोमा यस क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूले सन्तोष व्यक्त गरेका छन् ।
आफ्नो मोबाइलमा चन्द्रागिरि नगरपालिकाको विनियोजन ऐन, २०८२ पढ्न यहाँ क्लिक गर्नुहोस्












