महाकालीको किनारमा विपीनको दाहसंस्कार

थानकोट।

महाकाली नदीको किनारमा विपीन जोशीको दाहसंस्कार गरिएको छ ।

सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पुर्‍याइएको थियो । 

आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।  

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए । दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपीनको सोही अवधिमा मृत्यु भएको थियो ।

हमासको आक्रमणमा परी विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका थिए ।

कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरु दुई वर्षअघि इजरायल पुगेका थिए । 

तस्बिरः अमृत विके


Leave a Reply

Your email address will not be published. Required fields are marked *