काठमाडौंमा रिसोर्टमा तास खेलिरहेका नौ जना समातिए
थानकोट ।
काठमाडौंमा तास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (कात्तिक ३) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका उक्त रिसोर्ट सञ्चालक ३१ वर्षीय राकेश श्रेष्ठसहितका व्यक्तिहरू छन् ।
नगद दुई लाख ३१ हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।












