जलेको आफ्नो घर हेर्न बालकोट पुगे ओली
थानकोट ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो जलेको घर हेर्न बालकोट पुगेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनको घरमा आगजनी भएको थियो ।
घर जलेपछि उनी अहिले भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।












