पूर्वराष्ट्रपति भण्डारीको घरमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

Thankot Times

थानकोट ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोनाम थेबेलाई पक्राउ गरेको हो । उनी चार दिनदेखि प्रहरी हिरासतमा रहेको बताएको छ।

भदौ २४ गते आन्दोलनका क्रममा थेबेले अन्य व्यक्तिहरूको घरमा पनि आगजनी गरेको सिसिटिभी तथा भिडिओहरूमा देखिएको छ ।

उक्त दिन संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत सरकारी, निजी संरचना तथा निवाससँगै थुप्रै नेताहरूको घरमा आगजनी र तोडफोड भएको थियो ।

प्रहरीले सिसिटिभी फुटेज, तस्बिर लगायत प्रमाणका आधारमा आगजनी र तोडफोडमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *