बालेनको प्रश्न- भिसा लगाउन तिमिहरुको घर धाउनुपर्छ, अरुलाई विदेशी एजेन्ट भन्छौ?

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको वर्तमान अवस्थाप्रति गहिरो असन्तोष जनाउँदै राजनीतिक नेतृत्वप्रति कडा प्रहार गरेका छन्।

सामाजिक सञ्जालमार्फत बुधबार धारणा राख्दै उनले “तुइन र काठको पुल बनाउने नेताहरु विदेशीलाई दोषारोपण गर्ने” प्रवृत्तिप्रति आक्रोश पोखेका छन्।

“यो देश विदेशीले बिगार्‍यो भन्छन्, तर भिसा पाउन त तिमीहरु नै जनताको घर–घर धाइरहेका हुन्छौ,” भन्दै बालेनले दोहोरो चरित्रको आलोचना गरेका छन्। उनले थपे, “अरुलाई एजेन्ट भनेर दोष दिन्छौ, आफैं विदेशीको दलालीमा रमाउँछौ।”

राजनीतिक आन्दोलनहरूप्रति पनि बालेनले आलोचनात्मक दृष्टिकोण राखेका छन्। उनले लेखेका छन्, आन्दोलनमा एमालेले काङ्रेसको जलाउँछ, काङ्रेसले एमालेको। तर दोश भने आफ्ना बालबच्चालाई दिन्छौं।

आम नागरिकको मानसिकता र दोहोरो व्यवहारप्रति प्रश्न उठाउँदै उनले भने, चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ! लाज लाग्दैन?

बालेनको प्रश्न- भिसा लगाउन तिमिहरुको घर धाउनुपर्छ, अरुलाई विदेशी एजेन्ट भन्छौ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *