थानकोटमा रहेको ऐतिहासिक गुफाको उत्खननको कार्य यस वर्षपनि जारी राखिने
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ रहेको ऐतिहासिक गुफा उत्खनन गर्ने कार्य यसवर्ष पनि जारी रहने भएको छ ।
थानकोटमा रहेको प्राचीन गुफा उत्खनन् गर्ने विषय नगरको यसवर्षको नीति तथा कार्यक्रममा नै समावेश गरिएको थियो।
प्राचीनकालमा थानकोट क्षेत्रमा राज्य गरेका वाणासुरले दक्षिणकाली पुग्न सो गुफा हुँदै आवतजावत गर्ने गरेको किंंवदन्ती रहेको छ ।
सुरक्षाको कारण देखाउँदै हाल सो गुफामा मानवीय गतिविधिमा रोक लगाइएको छ ।
२०८० सालबाट सो गुफा उत्खनन कार्य सुरु गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागसँगको सहकार्यमा सो गुफाको केन्द्र पहिचान गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाले सो गुफा उत्खनन कार्यका लागि यस वर्ष ५ लाख रूपैयाँ विनियोजन गरेको छ ।
जुन रकम आन्तरिक स्रोतबाट व्यवस्थापन हुने बताइएको छ।
थानकोट पानीघाटस्थित वाणासुरकालिन गुफाको प्रारम्भिक अन्वेषण सकियो, प्रतिवेदनमा के छ ?












