काभा कपमा नेपालको पहिलो जित

Thankot Times

थानकोट ।

नेपालले बंगलादेशमा जारी काभा कप‌ फर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ।

शुक्रबार हरिहजुर थापाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरको हो।‌

प्रतियोगितामा पहिलो खेल जित्ने क्रममा नेपाल २५-२१,२५-२३, २५-१८ ले विजयी भयो।

नेपाल भलिबल संघका सदस्य प्रविण श्रेष्ठका अनुसार आजको खेलमा धनबहादुर भट्ट प्लेयर अफ दि म्याच घोषित भएका थिए।

नेपालले ताजिकिस्तानसँगको पहिलो खेल ३-० ले गुमाएको थियो। बिहीबारको खेलमा नेपाल बंगलादेशसँग ३-२ सेटले पराजित भएको थियो।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार नेपालले अफगानिस्तानको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *