काभा पुरूष भलिबल : चाैथो खेलमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै
थानकोट ।
जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।
बंगलादेशको मिरपुरमा जारी कपअन्तर्गत नेपाल र बंगलादेशको खेल आज दिउँसो सवा १ बजेदेखि शुरु हुने छ।
नेपालले यसअघि खेलेका तीन खेलमा १ मा जित र २ मा हार बेहोरेको छ।
नेपालले तुर्किमेनिस्तान र बंगलादेशसँग हार बेहोरेको छ भने तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको छ।
नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ।
प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।














