छठ पर्व; अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)
थानकोट ।
छठ पर्वको मुख्य दिन सोमबार (कात्तिक १०) चन्द्रागिरि नगरपालिका-०६ स्थित मातातिर्थ कुण्डमा र चन्द्रागिरि-१५ तीनथानास्थित बःखु खोला किनारमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ ।
मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।
छठका लागि चन्द्रागिरि नगरका यी दुवै स्थानमा अहिले व्रतालुहरूको खचाखच भीड लागेको छ ।
करिब ५ जनाको संख्यामा श्रद्धालुहरू ती स्थानमा भेला भएको बताइएको छ ।
मातातिर्थमा भइरहेको छठ पर्वको राैनकसम्बन्धी भिडियो हेराैं:












