उपचारका लागि सिंगापुर गए शेरबहादुर देउवा दम्पती
थानकोट ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गरेका छन् ।
उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गरेकी छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट देउवा दम्पती घाइते भएका थिए ।
देउवा दम्पती सोमबार राति विमानमा सिंगापुर गएका हुन् ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी












