कलंकी-नागढुङ्गा सडक मर्मतमा ढिलाइ, ठेक्का तोड्ने सडक डिभिजनको चेतावनी
थानकोट ।
सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडाैंले विभिन्न मितिमा सडक निर्माण एवं मर्मतको ठेक्का हातपारेका निर्माण व्यवसायीहरूसँग ठेक्का सम्झाैता रद्द गर्ने आशयसहित सार्वजनिक सूचना जारी गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै कार्यालयले ४८ वटा सडक र पुलको मर्मत एवं निर्माणको कार्यमा आशातित प्रगति नभएको जनाउँदै ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीको नाम नै तोकेर सूचना जारी गरेको हो ।
सूचनामा कलंकी-नागढुङ्गा सडकको मर्मतको जिम्मा पाएको कम्पनीलाई समेत १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
ओमकार विल्डर्सले आर्थिक वर्ष २०७४-७५ मा यस सडक मर्मतका लागि ठेक्का पाएकोमा अझै कार्य सकिएको छैन् ।












