भदाै २४ गते प्रहरी प्रभाग बलम्बुमा तोडफोड गर्दै मोटरसाइकल जलाउने युवा समातिए

Thankot Times

थानकोट ।

प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै प्रहरीको मोटरसाइकल आगजनी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-८ घर भएका २० वर्षीय तीर्थमान तामाङ छन् ।

उनलाई सार्वजनिक भिडियो र फोटोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

२४ भदौको जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्तिले बलम्बुको प्रहरी कार्यालय तोडफोड गर्दै आगजनी गरेका थिए ।

प्रहरीको क्युआरटी मोटरसाइकल जलाउनुका साथै कार्यालयका सामानहरु समेत चोरी गरेर लगिएको प्रहरीले बताएको छ ।

तोडफोडपछि छिन्नभिन्न भएको प्रहरी प्रभाग बलम्बु स्थानीयको अग्रसरतामा भदाै महिनामै पुनःर्स्थापना भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *