काभा कप पुरुष भलिबलः तुर्कमेनिस्तानलाई उपाधि, नेपाल पाँचाैं
थानकोट ।
बङ्गलादेशमा सम्पन्न काभा कप पुरुष भलिबलको उपाधि तुर्कमेनिस्तानले जितेको छ ।
मंगलबार ढाकामा भएको फाइनलमा अफगानिस्तानलाई ३–२ को सेटमा हराएर तुर्कमेनिस्तान च्याम्पियन बनेको हो ।
पहिलो सेट अफगानिस्तानले २५–२० ले जितेर अग्रता बनाएको थियो ।
तर दोस्रो सेटमा तुर्कमेनिस्तान खेलमा फर्कियो र २५–२१ ले बराबरी गर्यो ।
तेस्रो सेट अफगानिस्तानले २५–१८ ले जितेर खेलमा फेरि अग्रता बनायो ।
त्यसपछि तुर्कमेनिस्तानले पुनरागमन गर्दै चौथो सेट २५–२० ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा पुग्यो ।
तुर्कमेनिस्तानले पाँचौ तथा निर्णायक सेटमा १५–१२ ले जितेसँगै उपाधि जितेको हो ।
६ देश सहभागी प्रतियोगितामा श्रीलंका तेस्रो, आयोजक बङ्गलादेश चौथो तथा नेपाल पाँचौं भयो ।
माल्दिभ्स पुछारमा रह्यो ।














