किस्ट अस्पताल र मृतक मीनाश्री राईका आफन्तबीच सहमति

Thankot Times

थानकोट ।

ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र उपचारको क्रममा मृत्यु भएकी महिलाका आफन्तबीच सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबीच भएको छलफलपछि सहमति भएको हो ।

नवजात शिशुको उपचार र अध्ययनका लागि सहयोग गर्ने सहमति गरिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकले जानकारी दिनुभयो।

उहाँ भन्नुहुन्छ, “मृतकको उपचार हुँदा लागेको खर्च र शिशुको पेडियाट्रिक समयसम्म उपचार खर्च छुट दिने सहमति भएको छ ।”

सहमतिपछि मृतकका परिवार तथा आफन्तले अस्पतालमा श्रद्धान्जली सभा गरेर शव बुझ्ने तयारी गरेका छन् ।

नर्मल डेलिभरी (सुत्केरी) हुनुभएकी खोटाङ हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मीनाश्री राईको शुक्रबार राति मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले सोमबार अस्पताल तोडफोड गरेका थिए ।

मीनाश्री राई सुत्केरी भएपछि रक्तस्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

आफन्तले भने चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै  प्रदर्शन गरेका थिए ।

सोमबार प्रहरी र मृतकका आपन्तबीच झडप भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *