मैत्रिपूर्ण महिला फुटबलमा आज नेपाल र भारत भिड्दै
थानकोट ।
नेपाल र भारतको महिला फूटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज बुधबार हुँदैछ ।
यसअघि, एन्फाले उक्त खेल बिहीबार खेलिने बताएको थियो ।
नेपाल र भारतबीचको यो खेल सिक्किममा खेलिने छ । यसअघि, नेपाली टोलीले भारतमै त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।
मेघालयको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा खेलिएको त्रिदेशीय खेलमा इरान च्याम्पियन बनेको थियो ।
सो क्रममा नेपाली टोली पहिलो खेलमा इरानसँग ०-३ गोलले पराजित भएको थियो ।
अर्को खेलमा इरानले भारतलाई २-० गोलले हराएको थियो । तेस्रो खेलमा नेपाली टोलीले भारतलाई २-१ गोलले हराएको थियो ।
उक्त त्रिदेशीय खेल फिफा विन्डोअन्तर्गत खेलिएको थियो ।
आज हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भने फिफा विन्डोमा परेको छैन्।














