मन्त्रिपरिद्को बैठक जारी

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद् को बैठक अहिले जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तेस्रोपटक सरकारको विस्तारपछि यो पहिलो मन्त्रिपरिषद बैठक हो ।

बैठकमा ऊर्जा, शहरी एवं भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ बाहेकका सबै मन्त्री सहभागी छन् ।

मन्त्री घिसिङ भने भारतमा रहेकाले आजको बैठकमा अनुपस्थित छन् ।

सरकारले यो बैठकलाई नियमित भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *